मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कार्यालय समयमा पूरा बाहुला भएको पोसाक लगाउन मन्त्रालयको आग्रह

सोमबार, २७ भदौ २०७९, १८ : १५
सोमबार, २७ भदौ २०७९

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि कर्मचारीलाई कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सोमबार विज्ञप्ति जारी गर्दै डेङ्गुबाट बच्नका लागि कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन कर्मचारीलाई आग्रह गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “दिनको समय, विशेषगरी बिहान र बेलुकाको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट डेङ्गु रोग लाग्ने हुनाले, डेङ्गु सङ्क्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्नुहुन र कार्यालय समयमा पूरा बाहुला भएको पोसाक अनिवार्य लगाउन सरकारका सम्पूर्ण कर्मचारी एवं सार्वजनिक, सामुदायिक र निजी क्षेत्रमा कार्यरत सबै कर्मचारीमा अनुरोध छ ।”

डेङ्गु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो । डेङ्गुको बढ्दो संक्रमणलाई न्यूनीकरण गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँग समन्वयमा डेङ्गु सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान तीव्र बनाइएको समेत उनले बताए । 

मन्त्रालयले डेङ्गु रोगको बारेमा सन्देशमूलक सूचना सामग्रीको प्रकाशन र प्रसारण भइरहेको जनाएको छ । मन्त्रालयले डेङ्गु नियन्त्रणको उपायका बारेमा विशेषज्ञसँग नियमित परामर्श बैठक र विभिन्न सरोकारवालासँग छलफल गरिरहेको उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप