मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान विद्यार्थी कल्याण समाजको अध्यक्षमा रजक निर्वाचित

सोमबार, २७ भदौ २०७९, १८ : १६
सोमबार, २७ भदौ २०७९

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान विद्यार्थी कल्याण समाजको अध्यक्षमा ओम शान्ति रजक निर्वाचित भएका छन् । रजक ५४४ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । 

कुल २७ सदस्य रहेको कार्य समितिका १९ सदस्य निर्वाचनबाट निर्वाचित भएका छन् भने अन्य निर्विरोध निर्वाचित भए । वरिष्ठ उपाध्यक्षमा यादव अर्याल, उपाध्यक्ष (जुनियर रेसिडेन्ट) मा डा. अच्युत शर्मा न्यौपाने (निर्विरोध), उपाध्यक्ष (एम बी बी एस) मा एन्जिला कुवर, उपाध्यक्ष (बी डी एस) मा मिरा देवी आचार्य, उपाध्यक्ष (नर्सिङ्ग) मा अमिशा बराइली, महासचिवमा सलमान हैदर हुसेन, सचिवमा जमुना बन र कोषाध्यक्षमा सुदर्शन साह निर्वाचित भएका हुन् । 

त्यस्तै सदस्यहरूमा डा. पवन उपाध्याय, डा. मनोज आचार्य, डा. नीराजन पराजुली, अमित कुमार, सागर कार्की, सिद्धार्थ साह, मृणांक यादव, गीवर्ण पाण्डे, दिवेश कुमार मण्डल, दिवश पन्त, सुयोग झा, रमेश बहादुर बुढा, अपेक्षा उप्रेती, माधव सर्राफ, शान्तिराम तिम्सिना, मिलन घिमिरे निर्वाचित भएका छन् । 

हरेक २–२ वर्षमा हुनुपर्ने निर्वाचन ७ वर्षपछि भएको हो । विद्यार्थी कल्याण समाज २०७२ को विधानको परिच्छेद ८ को दफा क बमोजिम डा. शमशेर श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचन समितिले भदौ १७ गते निर्वाचन गराएको सह–प्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप