सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सर्लाहीको हरिवनमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

मङ्गलबार, २८ भदौ २०७९, १० : ५९
मङ्गलबार, २८ भदौ २०७९

सर्लाहीको हरिवन नगरपालिका–१० नयाँ रोड चोकमा आज बिहान ट्रकको ठक्करबाट  पैदल यात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको र सनाखत हुन बाँकी रहेको सर्लाही प्रहरीले जनाएको छ । 

आज बिहान ४ बजे ना ८ ख ८२६७ नम्बरको ट्रकले पैदल हिँडिरहेका पुरुषलाई ठक्कर दिएको थियो । 

ठक्कर दिने ट्रक सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय हरिवनले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप