कान्तिबाल अस्पताल विकास समितिको अध्यक्षमा डा. गौतम नियुक्त
मङ्गलबार, २८ भदौ २०७९, १२ : ५७
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले कान्तिबाल अस्पताल विकास समितिको अध्यक्षमा डा. बाबुराम गौतमलाई नियुक्त गरेको छ । लामो समयदेखि कान्तिबाल अस्पताल विकास समितिको रिक्त रहेको पदमा सरकारले दुई वर्षका लागि डा. गौतमलाई नियुक्त गरेको हो ।
यस्तै सदस्यमा कपिलदेव लामिछानेलाई नियुक्त गरिएको छ । उता, मानसिक अस्पताल पाटनको विकास विकास समितिको अध्यक्षमा मधुकर तुलाधरलाई नियुक्त गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले जनाएको छ ।