सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यी कलाकार जसले जुराए मंसिरमा लगन

मङ्गलबार, ०४ पुस २०७४, १४ : ५३
मङ्गलबार, ०४ पुस २०७४

काठमाडौैं – विवाह कहिले गर्ने ? अविवाहीत सेलिब्रेटी भेटिने बितिकै पत्रकारले राख्ने प्रश्न हो यो । अधिकाम्स सेलिब्रेटीले यसमा रेडिमेड जवाफ फर्काउने गरेका छन् ‘मंसिरमा’ । तर यो वर्ष अर्थात् २०७४ को मंसिरमा पनि केही सेलिब्रेटीबाहेक अन्यको लगन जुर्न सकेका छन् । कस–कसले जुराए यो मंसिरमा । चर्चा को बिषय यहि हो ।

राजबल्लभ कोइराला
राज बल्लभ कोइरालाले यहि मंसिरमा लगनगाँठो कसेका हुन् । अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिङ्गस फिल्डमा उनले प्रतिमा बिमलीसँग विवाह सम्पन्न गरेका थिए । लामो समयदेखि प्रेमलाई उनले विवाहमा परिणत गरेका हुन् । बिमली जीव चिकित्सा अभियन्ता (बायो मेडिकल ईन्जिनियर) हुन् । उनको विवाहमा अमेरिकामा रहेका केही कलाकार सहभागी थिए ।

गम्भीर विष्ट र निश्मा घिमिरे 
गम्भीर र अभिनेत्री निश्माले केही पहिले लगनगाँठो कसेका हुन् । केही समय देखिको प्रेम सम्बन्धलाई दुबैले परिवारको सहमतीमा लगनगाँठो कसे । कौशलटारस्थित एक वैंकटमा दुबैका नजिकका साथी र परिवारको उपस्थितिमा विवाह समारोह आयोजना भएको थियो । गम्भिर र निश्माले थुप्रै म्युजिक भिडियोमा एकसाथ काम गरेका छन् । निश्मा अभिनित चलचित्र ‘रिदम’ हिट भएको थियो । त्यसपछि उनी ‘लभ यु बाबा’ चलचित्रमा निश्मा देखिएकी थिइन् । यो चलचित्रले व्यवसाय भने गर्न सकेन । लभ यु बाबा गम्भिरकै दाजु अभिनेता गजित विष्टले बनाएको चलचित्र हो । सौगात बिष्टको निर्देशन रहेको यो चलचित्रमा गजित मुख्य भूमिकामा रहेका थिए । गम्भीर भने म्युजिक भिडियो तथा चलचित्रका नृत्य निर्देशक हुन् । 

मोनिका दाहाल
अभिनेत्री मोनिका दाहालको पनि यो मंसिरमा लगन जुरेको छ । काठमाडौ निवासी साइमन क्षत्रीसँग उनले विवाह गरेकी छन् । उनको वर परिवाले जुराइ दिएको थियो । काठमाडौकै एक पार्टी प्यालेसमा परिवारका सदस्य, आफन्त र सिमित साथीभाइको माझ उनले लगनगाँठो कसेकी हुन् । साइमन व्यवसायी हुन् । ‘राहादानी’ र ‘कस्तो टेन्सन’ लगायत मोनिकाले करिब दर्जन चलचित्र अभिनय गरेकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप