मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘हृदय’को विशेष संस्करण असोज पहिलो सातादेखि, मूल्य २५ हजार

मङ्गलबार, २८ भदौ २०७९, १८ : ५१
मङ्गलबार, २८ भदौ २०७९

तीन दशकदेखि मुटुको उपचारमा संलग्न डा. भगवान् कोइरालाको पुस्तक ‘हृदय’को विशेष सीमित संस्करण काठमाडौंमा सोमबार आयोजित विशेष समारोहमा लोकार्पण भएको छ । विशेष सीमित संस्करण एक पटकका लागि २५ सय प्रति मात्र मुद्रण गरिएको हो । 

यसको अङ्कित मूल्य २५ हजार रुपैयाँ छ । विशेष सीमित सँस्करणबाट प्राप्त हुने शतप्रतिशत रकम काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) निर्माण परियोजनामा खर्च गरिनेछ । विशेष संस्करण खरिद गरी सहयोग पुर्‍याउने २५०० सहयोगीको नाम अस्पतालको शिलालेखमा समावेश गरिनेछ । 

डा. भगवान् कोइराला र बाल स्वास्थ्यमा समर्पित समूहले काठमाडौंसँगै सातै प्रदेशमा बाल अस्पताल निर्माणको लक्ष्य लिएको छ । विशेष सँस्करणलाई डा. कोइराला आफैंले प्रत्येक पुस्तकमा क्रमसङ्ख्या अङ्कित र हस्ताक्षर गरी प्रमाणित गर्छन् । पुस्तकको नियमित संस्करण भने असोज पहिलो सातादेखि बजारमा उपलब्ध हुने फाइनप्रिन्टको भनाइ छ ।

नियमित संस्करण काठमाडौंका लागि प्रतिपुस्तक ६५० र काठमाडौं बाहिरका लागि ५७५ मूल्यमा उपलब्ध हुने फाइनप्रिन्टले बताएको छ । नियमित संस्करणको पनि ५० प्रतिशत लेखकस्व सोही बाल अस्पताल निर्माण कोषलाई हस्तान्तरण गर्ने डा. कोइरालाले निर्णय गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप