अशोक लेल्याण्डको चाडपर्व अफर
आइएमई मोटर्सले दसैँ तिहारलाई लक्षित गरी अशोक लेल्याण्ड गाडीहरूमा चाडपर्व, हर्षको बहार लैजानुहोस् छानी छानी उपहार अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत साना दोस्त गाडीको खरिदमा ल्यापटप अथवा सुन र मोबाइल फोन अथवा दुई जानलाई थाइल्यान्ड टुर पाउनेछन् ।
आईसीभी/ट्रक/ टिप्पर/ आइसिभी बसको खरिदमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा दुई जनालाई सिङ्गापुर टुर पाउनेछन् । एम एण्ड एचसीभी/ट्रक/ टिप्पर/ एमडीभी बसमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा एक जानलाई युरोप टुरमध्ये एक छानेर लिन सक्नेछन् ।
कम्पनीले उपहारसहित ३० प्रतिशत डाउनपेमेन्ट गरेर बाँकी ७० प्रतिशत रकमलाई सरल किस्ताबन्दीमा भुक्तानी गर्ने गरी कुनै पनि सवारीसाधनहरू खरिद गर्न सक्नेछन् । अफर कमर्सियल भेहिकलका सम्पूर्ण रेन्जका सवारीसाधनहरूमा उपलब्ध हुने र सीमित अवधिका लागि मात्र लागु गराइएको जनाइएको छ ।