सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आसियानका अर्थमन्त्रीहरूको बैठक कम्बोडियामा सुरु

बुधबार, २९ भदौ २०७९, १२ : ३९
बुधबार, २९ भदौ २०७९

दक्षिण पूर्वी एसियाली देशहरुको सङ्गठन (आसियान)का अर्थमन्त्रीहरूको बैठक कम्बोडियामा सुरु भएको छ । कोरोना भाइरसको महामारीपछिको अर्थतन्त्रका बारेमा छलफल गर्न अर्थमन्त्रीहरूको बैठक आयोजना गरिएको हो । 

बुधबारबाट सुरु भएको आसियानका अर्थमन्त्रीहरूको बैठक ५४ औँ बैठक हो । बैठकमा अर्थतन्त्रका अन्य विविध आयामहरुका बारेमा पनि छलफल हुने जनाइएको छ । बैठकको उद्घाटन समारोहमा बैठक आयोजक कम्बोडियाका प्रधानमन्त्री सामडेच टेचो हुन सेनले सम्बोधन गरे । विश्व समूदायले अहिले विकास र अर्थतन्त्रका क्षेत्रमा नयाँ चुनौती र समस्याहरूको सामना गरिरहनु परेको उनले सो अवसरमा बताए । 

आसियानमा आवद्ध देशहरुले नयाँ चुनौती र समस्याहरुलाई समाधानका उपायहरु पहिचान गरी अन्य देशहरुलाई त्यसतर्फ डोर्याउनुपर्नेमा उनले जोड दिए। त्यसैगरी कानुनको शासन, विश्वव्यापीकरण, वहुदेशीय सहकार्य, बहुद्देश्यीय संरचना निर्माण तथा संचालन, व्यापार तथा लगानी, संरक्षणवादलगायतका विषयमा पनि छलफल गर्न उनले सुझाव दिए ।  

सम्मेलनको अध्यक्षता गर्नु भएका कम्बोडियाका अर्थमन्त्री पान सोरासाकले दिगो, समावेशी र उदारवादी अर्थतन्त्रको विकासका लागि काम गर्नुपर्नेमा दिए । आसियानअन्तर्गत ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड र भियतनाम पर्दछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप