सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

युरोपियन च्याम्पियन्स लिग : रियल मड्रिडको लगातार दोस्रो जित

बिहीबार, ३० भदौ २०७९, ०८ : १५
बिहीबार, ३० भदौ २०७९

आरबी लाइपजिगलाई २-० ले पराजित गर्दै स्पेनिस क्लब रियल  युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा लगातार दोस्रो जित निकालेको छ । 

जर्मन प्रतिद्वन्द्वी लाइपजिगविरुद्ध रियलको जितमा फेडरिको भाल्भेर्डे र मार्को एसेन्सियोले गोल गरे ।  खेलको ८० औं मिनेटमा भाल्भेर्डेले रियललाई १–० को अग्रता दिलाए । इन्ज्युरी समयमा एसेन्सियोेले गोल गर्दै रियलको जित निश्चित गरे । 

समूह ‘एफ’ को अर्को खेलमा युक्रेनी क्लब साख्तर डोनेस्क र स्कटिस क्लब सेल्टिकले १–१ गोलको बराबरी खेले । 

जितसँगै रियल दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । अपराजित सेल्टिक ४ अंक जोडेर दोस्रो स्थानमा छ । एक अंक जोडेको सेल्टिक तेस्रो स्थानमा  रहदा लाइपजिगले अंक खाता खोल्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप