सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पूर्वक्लबविरुद्ध हल्यान्डको गोल

बिहीबार, ३० भदौ २०७९, ०८ : १९
बिहीबार, ३० भदौ २०७९

पूर्वक्लबविरुद्ध एर्लिन हल्यान्डले गोल गरेपछि म्यानचेस्टर सिटीले  युरोपियन च्याम्पियन्स लिगको समूह चरणमा लगातार दोस्रो जित निकालेको छ । 

जर्मन प्रतिद्वन्द्वी डर्टमन्डविरुद्ध हल्यान्डसँगै जोन स्टोनेसले एक गोल गरेपछि सिटी २-१ ले विजयी भएको हो । यसअघि डर्टमन्टका जड बेलिङघम गोल गर्दै अग्रता बनाएका थिए । 

लगातार दोस्रो जितसँगै सिटी समूह ‘जी’को शीर्ष स्थानमा छ । दुई खेलबाट डर्टमन्डको तीन अंक छ । अर्को खेलमा सेभिया र कोभेन्हाम्ले गोलरहित बराबरी खेले । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप