सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘डिसेम्बर फल्स’ को फेरि सुटिङ सुरु

बिहीबार, ३० भदौ २०७९, ११ : ११
बिहीबार, ३० भदौ २०७९

फिल्म ‘डिसेम्बर फल्स’ को छायांकन फेरि सुरु भएको छ । कोरोनाको पहिलो चरणको लकडाउनपछि छायांकन सुरु भएको फिल्म दोस्रो लकडाउनका कारण रोकिएको थियो । त्यसपछि छायांकन हुन नसकेको फिल्म अव पूरा गर्ने गरेर सुरु भएको हो ।

आर्यन सिग्देल र उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको फिल्मका प्रवीण झा हुन् । रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता लक्ष्मण रिजाल छन् । राजकुमार भट्ट निर्माता रहेको फिल्ममा आर्यन र उपासनाका साथमा सुमन थापा रोहित, सलोन बस्नेत, नरेश भट्टराई लगायतका कलाकारले अभिनय रहनेछ । 

बिपीका खनालको कथा, केदार भुसालको पटकथा र सम्वाद रहेको फिल्मको अधिकांश दृश्य पोखरामा आसपासमा खिचिएको छ । श्रीराम बलाजी फिल्मस्का सुनील मानन्धरले बितरण गर्ने फिल्म डिसेम्बर महिनाभित्र प्रदर्शन गर्ने तयारी भइरहेको कार्यकारी निर्माता रिजालले बताए ।

फिल्मले प्रेमकथा र रियालिटी घटना कथाको रुपमा उठाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप