सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अब बैंकहरु आफैले ब्याजदर तोक्ने

बिहीबार, ३० भदौ २०७९, १७ : ०७
बिहीबार, ३० भदौ २०७९

आगामी असोज १ गतेदेखि बैंकहरुले आफैले ब्याजदर तोक्ने भएका छन् । नेपाल बैंकर्स संघको बिहीबारको बैठकले ब्याजदर निर्धारणको अधिकार बजारलाई नै छाड्ने निर्णय गरेको हो । वाणिज्य बैंकहरुको ब्याजदर निर्धारणको अधिकार बजारलाई नै छाडिदिने निर्णय भएको बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माले जानकारी दिए । यसअघि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले भद्र सहमति गर्दै ब्याजदर तोक्ने गरेका थिए । 

करिब ७ महिनादेखि संघको निर्णयमा मात्र ब्याजदर निर्धारण गर्दै आएका बैंकहरुले अब आफूखुशी ब्याजदर तोक्न पाउने भएपछि हालको ब्याजदरमा केही प्रतिशत बढ्न सक्ने देखिएको छ । यस्तो ब्याजदर कम्तिमा १ प्रतिशतदेखि १.५ प्रतिशतसम्मले बढ्न सक्ने  माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाले रातोपाटीलाई बताए । 

हाल वाणिज्य बैंकहरुबीचको भद्र सहमतिमा निक्षेपको ब्याजदर अधिकतम ११.०३ प्रतिशत कायम रहेको छ । तर, असोजका लागि ब्याजदर निर्धारणको स्वःनिर्णय बैंकहरुलाई नै दिने भएपनि कम्तिमा १.५ प्रतिशतले ब्याजदर बढ्न सक्ने देखिएको छ । 

यसअघि बजारमा तरलता अभावकाबीच निक्षेप आकर्षण गर्न बैंकहरुले प्रतिस्पर्धामा ब्याज अफर गर्न थालेपछि नियामक राष्ट्र बैंकले अंकुश लगाएको थियो । महिनामा एक पटक १० प्रतिशत भन्दा बढीले ब्याजदर थप घट गर्न नपाइने नियम लागू गरेकोमा वाणिज्य बैंकहरुको छाता संगठन, नेपाल बैंकर्स संघले समेत भद्र सहमति कायम गर्दै ११.०३ प्रतिशत ब्याजदर कायम गर्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप