मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मोटरसाइकल चोर्ने एक व्यक्ति पक्राउ

बिहीबार, ३० भदौ २०७९, १३ : ०५
बिहीबार, ३० भदौ २०७९

पाल्पामा मोटरसाइकल चोर्ने एक ब्यक्ति पक्राउ परेका छन् । बाग्लुङ बडिगाड १० का हाल रुपन्देहीको कन्चन गाउँपालिका वडा नं. १ बस्ने ३३ वर्षका चेतमान सुनारलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार लु ६४ प ९४२० नम्बरको मोटरसाईकल चोरेर बुटवलतर्फ लैजादै गर्दा प्रहरीले पक्राउ गरेको हो । तानसेनको वृन्दावनबाट उनले मोटरसाइकल चोरका थिए ।  

त्यस्तै तानसेनका गोविन्द भण्डारीको घरबाट भाँडा चोर्ने पाल्पा माथागढीका साजन नेपाली र सुमन नेपालीलाई पनि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप