यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची
शुक्रबार, ३१ भदौ २०७९, ०८ : १५
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी र फलफूलको भाउ तोकेको छ ।
आज रातो आलुको मूल्य प्रतिकेजी ६१ रुपैयाँ रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ७५ रुपैयाँ रहेको छ । अनार ३७५, रुपैयाँ प्रति केजी र केरा दर्जनको १३३ रुपैयाँ तोकिएको छ ।
स्थानीय काउली १३५ रुपैयाँ, कागती २२० रुपैयाँ, कुरिलो ७५० रुपैयाँ र लोकल सानो गोलभेँडा ४२ रुपैयाँ ३३ पैसा प्रति केजी तोकिएको छ ।