आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

युक्रेन संकटपछि मोदी र पुटिनबीच पहिलो भेट

शनिबार, ०१ असोज २०७९, ०८ : ३२
शनिबार, ०१ असोज २०७९

शंघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार समरकन्दमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका छन् । यस वर्षको फेब्रुअरीमा सुरु भएको युक्रेन संकटपछि प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनबीचको यो पहिलो भेट थियो। यद्यपि यी दुईबीच धेरैपटक फोन वार्ता भने भइसकेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार दुई नेताबीच भएको वार्तामा द्विपक्षीय मुद्दाका अलावा क्षेत्रीय र विश्वव्यापी विषयमा पनि छलफल भएको थियो। परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनबीचको भेटमा विश्वव्यापी खाद्य तथा ऊर्जा सुरक्षा, आतंकवाद र युक्रेनको वर्तमान अवस्थाका बारेमा पनि छलफल भएको बताए ।

मोदीको ट्विटर ह्यान्डलका अनुसार दुई नेताहरूले भारत(रुस सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा सकारात्मक कुराकानी गरेका थिए।

एससीओ बैठकमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ पनि सहभागी थिए। तर सम्मेलनमा औपचारिक भेट बाहेक दुई जनासँग प्रधानमन्त्री मोदीको छुट्टाछुट्टै भेट भएन । तर, पुटिनले भने सी जिनपिङ र शाहबाज सरिफलाई छुट्टाछुट्टै भेटेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप