कञ्चनपुरमा २ सय ५० भन्दा बढी घर डुबानमा, एक झोलुङ्गे पुल बग्यो
शनिबार, ०१ असोज २०७९, १२ : २१
अविरल वर्षा आएको बाढीले कञ्चनपुरमा २ सय ५० बढी घर डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार जिल्लाको कृष्णपुर नगरपालिकाका ७०, लालझाडी गाउँपालिकाका १५०, शुक्लाफाँटा नगरपालिकाका ३० र बेलौरी नगरपालिकाको ८ घर डुबानमा परेको छ ।
यसैबीच बाढीले एक झोलुङ्गे पुल बगाएको छ । जिल्लाको शुक्लाफाँटा १२ तिल्की र देखतभुली जोड्ने बनहरा नदीमा बनाइएको झोलुङ्गे पुल बाढीले बगाएको प्रहरी नायव उपरीक्षक शाहले जनाए । पुल बगाएपछि आवातजावत बन्द भएको छ ।
बनहरा नदीमा जलस्तर बढीरहेको र तटीय क्षेत्रका नागरिकलाई सर्तक रहन आग्रह गरिएको छ ।