आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

समानुपातिक उम्मेदवार छान्न एमाले सचिवालय बैठक बस्दै

आइतबार, ०२ असोज २०७९, ०५ : ५९
आइतबार, ०२ असोज २०७९

आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको नामावली तयार गर्न नेकपा (एमाले)को सचिवालय बैठक  आज बस्ने भएको छ । 

एमाले प्रचार विभागका प्रमुख पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार गर्ने तयारी भइरहेको बताए । बैठक  बिहान ११ बजे बस्नेछ । 

यसअघि हिजो बसेको पार्टी सचिवालय बैठकले सङ्घीय तर्फ एक सय १० र प्रदेशतर्फ दुई सय २० उम्मेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने, समावेशीतालाई ध्यानमा राखेर क्लस्टरवाइज ध्यान दिँदै मापदण्ड बनाउनेबारे छलफल भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप