आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जनताका धेरै आकाङ्क्षा पूरा गर्न सक्यौँ : पूर्वमन्त्री श्रेष्ठ

आइतबार, ०२ असोज २०७९, ०९ : ५१
आइतबार, ०२ असोज २०७९

पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विभिन्न उतारचढावका बीच प्रतिनिधिसभाको पाँचवर्षे कार्यकाल सफल रहेको बताएका छन् । 

“संविधान बनेपछिको पहिलो संसद्को कार्यकालमा विभिन्न उतारचढाव रह्यो, दुईपटक विघटन भयो”, उनले भने, “ठ्याक्कै सन्तुष्टि हुने ठाउँ त छैन तर जनताका धेरै आकाङ्क्षा पूरा गर्न सक्यौँ भन्ने लाग्छ ।” निवर्तमान सांसद श्रेष्ठले संविधान, लोकतन्त्र र सङ्घीयता बचाउनुपर्ने कर्तव्य आफूहरूले निर्वाह गरेको बताए । “त्यही कारण हामीले पार्टीमा विद्रोह गर्यौ”, उनले भने ।

निवर्तमान सांसद केदार सिग्देलले एउटा विधायकले गर्नुपर्ने जिम्मेवारी पूरा गरेको बताए । “आफ्नो क्षमताले भेटेसम्म पदीय दायित्व इमानदारी पूर्वक बहन गर्ने प्रयास गरेँ”, उनले भने, “धेरै गरेँ भनी ठूला कुरा गर्न चाहन्न तर एउटा विधायकले निर्वाचन क्षेत्र र जनताको हितमा गर्न सकिने सम्मका काममा हरदम कोसिस गरेँ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप