आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आइएमई र हिमाल डेन्टलबीच सम्झौता

आइतबार, ०२ असोज २०७९, १० : १०
आइतबार, ०२ असोज २०७९

आइएमई पे र चाबहिल स्थित हिमाल डेन्टल हस्पिटलबीच साझेदारी सम्झौता भएको छ ।

सम्झौता अनुसार नेपालीहरुको महान चाड दसैं–तिहारको अवसर पारी सार्वजनिक गरिएको यस स्किममा आइएमई पेका प्रयोगकर्ताहरूले हिमाल डेन्टल हस्पिटलमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट पाउनेछन् ।

हालको निम्ति एक वर्षको लागि मात्र गरिएको यस सम्झौतामार्फत प्रयोगकर्ताहरूले आइएमई पेको ४६ दिने “डिजिटल दशैँ तिहार २०७९”क्याम्पेन भरी आइएमई पेमा कुनै पनि कारोवार गरेको आर्थिक विवरण हिमाल डेन्टलमा देखाएमा निःशुल्क ओपिडी चेक–अप सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप