सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

आइतबार, ०२ असोज २०७९, १२ : ३१
आइतबार, ०२ असोज २०७९

धनुषाको छिरेश्वरनाथ नगरपालिका–१ रमदैयामा हिजो मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जनकपुरबाट महेन्द्रनगर आउँदै गरेको प्रदेश २ ०२ ००३ प ५८०१ नम्बरको मोटरसाइकल गएराती पौने १० बजे पल्टिएको थियो । 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक अन्दाजी ३० वर्षिय पुरुषलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पु¥याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । 

मृतकको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप