राजधानीमा थारू समुदायका महिलाले मनाए जितिया पर्व, तस्बिरमा हेरौं
आइतबार राजधानी लगायत तराईका थारु बाहुल्य जिल्लाहरुमा थारू समुदायका महिलाले सामूहिक पूजा गरि जितिया पर्व मनाएका छन् । प्रत्येक वर्ष आश्विन कृष्णपक्ष सप्तमी, अष्टमी र नवमी तिथिमा मनाउने गरिएको जितिया पर्व यो वर्ष पनि थारु महिलाहरुले धुमधामका साथ मनाएका हुन् ।
यो पर्वका बारेमा आ–आफ्नै किंवदन्ती रहेका छन्। यो पर्वको बारेमा पूर्वदेखि पश्चिमसम्म केही भिन्नता रहे पनि धेरै कुरामा समानता रहेको पाइन्छ । जितिया पर्वसँग जोडेर पृथ्वी, चन्द्र, सूर्य र आकाशको उत्पत्तिको बारेमा उल्लेख गरिएको पाइन्छ भने मानवको सृष्टिपछि सभ्यताको विकासको क्रममा भएको कथालाई समावेश गरिएको पाइन्छ ।
विशेषगरी थारू समुदायमा मनाइने यस पर्वले उक्त समुदायका नारीहरू स्वतन्त्र हुने र पारिवारिक भेटघाट तथा माइती र ससुरालीसँगको सम्बन्ध जोड्नमा मद्दत गरेको पाइन्छ । हेरौं काठमाडौं मनाइएका जितिया पर्वका तस्बिरहरु :