तीनवटा विवाह गरे तर एक्लो जीवन बाँचिरहेका छन् गायक लकी अली
आफ्नो आवाजको दममा लाखौँ मानिसको मनमा राज गर्ने भारतका शानदार गायक लकी अली आज आफ्नो ६४ औँ जन्मदिन मनाइरहेका छन् । हालसम्मको उनको साङ्गीतिक करियर निकै शानदार रह्यो । तर नामजस्तो उनी आफ्नो जीवनमा भने लक्की साबित हुन सकेन । उनको नीजि जीवनमा थुप्रै उतार चढाव आए ।
लकी अली चर्चित हास्यकलाकार महमूद अलीका छोरा हुन् । लकीकी आमा चर्चित नायिका मिना कुमारीकी बहिनी थिइन् । यो कुरा धेरै कमलाई थाहा छ कि लकी अलीको वास्तविक नाम मकसूद अली हो । लकी अली र उनका पिता हास्यकलाकार महमूद अलीबीचको सम्बनध सुरुवातदेखि नै खासै राम्रो थिएन । किनभने महमूद कामको चक्करमा घरमा कसैलाई समय दिन पाउँदैनथे । लकी हुर्किँदै गएपछि नसाको आदी भए । महमूद अलीले ‘दुश्मन दुनियाँ’ नामको एउटा फिल्म पनि बनाएका थिए । लकी अलीले यो फिल्ममा काम गर्न अस्वीकार गरेका थिए ।
त्यसमाथि लकी अलीको वैवाहिक जीवन पनि खासै सुखद हुन भने सकेन । लकी अलीकी जेठी श्रीमतीको नाम मेघन जैन हो । उनी नायिका थिइन् । मेघन र लकीको पहिलो भेट वाईएमसीमा भएको थियो । लकी आफ्ना भाइसँग त्यहाँ गएका थिए । लकी र मेघन सुरुमा साथी बने र पछि दोस्ती प्रेममा बदलियो । मेघन न्युजिल्यान्डकी थिइन् । लकीका भाइले मेघनलाई विवाहका लागि प्रस्ताव राख्न प्रोत्साहित गरे । लकीसँग विवाह गरेपछि मेघनले इस्लाम धर्म अपनाइन् र आफ्नो नाम फेरेर मेमुना राखिन् । मेघन र लकीका दुई सन्तान जन्मिए । तर केही वर्ष पछि नै यी दुई अलग्गिए ।
लकी दुईवटा विवाह चाहन्थे
लकी सधैँ मेघनलाई आफ्नो दुईवटा विवाह हुने बताउँथे । तर मेघनले सधैँ यसलाई ठट्टाको रुपमा लिने गर्थिन् । लकीले दोस्रो विवाह गरेपछि मात्रै मेघनलाई उनको कुरा विश्वास लाग्यो । मेघनसँग विवाह गरेको चार वर्षपछि लकीले दोस्रो विवाह गरेका थिए ।
लकीले २००० मा पारसी महिला अनाहितासँग दोस्रो विवाह गरे । लकीलाई अनाहितासँग पहिलो नजरमा प्रेम बसेको थियो । लकीले ढिला नगरीकन उनीसँग विवाह गरे । यी दुईका पनि दुई सन्तान जन्मिए । विवाहपछि अनाहिताले पनि इस्लाम धर्म अपनाएर इनाया नाम राखेकी थिइन् ।
लकी अलीको तेस्रो विवाह
सन् २००९ मा लकी अलीको भेट केट एलिजाबेथ हलमसँग भएको थियो । केट ब्रिटिश ब्युटी क्विनसमेत हुन् । यी दुईको भेट बेंगलुरुको एउटा फिल्म सेटमा भएको थियो जहाँ यो जोडीले सन् २०१० मा विवाह गरे । एलिजाबेथ लकीभन्दा २५ वर्ष कान्छी थिइन् । लकीसँग विवाह गरेपछि केटले पनि आफ्नो धर्म परिवर्तन गरिन् र आफ्नो नाम आयशा राखिन् । लकी र आयशाका एक छोरा छन् । लकी र आयशाको सन् २०१७ मा सम्बन्धविच्छेद भयो । तर यी दुई मिलेर अहिले पनि आफ्नो बच्चा हुर्काइरहेका छन् ।
गोवामा बस्छन् लकी अली
लकी अलीका तीन श्रीमती र पाँच सन्तान भइकन पनि उनी गोवामा एक्लो जीवन बिताइरहेका छन् ।