अस्ट्रेलियाको समुद्री तटमा सामूहिक रुपमा फसेका १४ समुद्री ह्वेल मरे
बुधबार, ०५ असोज २०७९, ०८ : ५०
अस्ट्रेलियाका वन्यजन्तु अन्वेषकहरूले बुधवार तास्मानिया राज्यको एक दुर्गम समुद्री तटमा एक दर्जन भन्दा बढी ह्वेलहरू सामूहिक रूपमा फसेको कारण मरेको जनाएका छन् । यस हप्ताको सुरुमा तस्मानियाको उत्तरी तटमा रहेको किङ आइल्याण्डमा १४ वटा ह्वेल फेला परेका थिए ।
राज्यको संरक्षण निकायका जीव वैज्ञानिक र पशु चिकित्सकले अनुसन्धान गर्न सानो टापुमा यात्रा गरेका छन् । तर, हवाई सर्वेक्षणका क्रममा अन्य ह्वेल फसेको फेला नपरेको जनाइएको छ ।
सोमबार मृत फेला पर्नु अघि ह्वेलहरू सम्भवतः आइतबार आफैं समुद्र तटमा पुगेको सरकारी संरक्षण निकायका वन्यजन्तु जीव वैज्ञानिक क्रिस कार्लियोनले बताए । सन् २०२० मा पश्चिम तस्मानियामा ४७० ह्वेल फसेका थिए ।