प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार
बुधबार, ०५ असोज २०७९, ११ : ३०
प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७९ अंकले बढेको छ । यससँगै सूचक १८३८.४० विन्दुमा उक्लेको छ ।
बुधबार बिहान ११ बजेसम्म ६२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नौ कम्पनीको १३५ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल नौवटा कम्पनीको कारोबार भएको छ । ६ वटा कम्पनीको भाउ बढेको छ भने तीन वटाको मूल्य घटेको छ ।