बंगलादेश सरकारले साफ विजेता गोलरक्षक रुपनाको घर बनाइदिने
बुधबार, ०५ असोज २०७९, १७ : १२
छैटौं साफ च्याम्पियनसिप विजेता बंगलादेशी गोलकिपर रुपना चक्माको घर त्यहाँको सरकारले बनाइ दिने भएको छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले उनको गृहनगर रंगामाटीमा नयाँ घर बनाउन निर्देशन दिएकी छन् ।
चक्मा साफ महिला च्याम्पियनसिप खेलमा उत्कृष्ट गोलरक्षक घोषित भएकी थिइन् । उनले प्रतियोगिताभर मात्र एक गोल खाएकी थिइन् । रुपनाको जीर्ण घरको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि सरकारले घर बनाइदिन निर्देशन दिएको हो ।
अमेरिका संयुक्त राष्ट्रसंघको महासभामा भाग लिइरहेकी प्रधानमन्त्री शेख हसिनाले उनको घर बनाइदिन निर्देशन दिएको बताइएको छ।