वीरगन्ज आगलागीका घाइते अरुणले बेडबाटै भने–ग्यास सिलिन्डर दमकलमै ठोक्किन आयो
काठमाडौं–वीरगन्जस्थित सुपर ग्यास उद्योगमा भएको आगलागीमा गरी बुधवार २ जनाको मृत्य भयो भने ६ जना घाइते भए । घाइते मध्ये एक हुन् अरुण कुमार महतो ।
अरुण दमकलका चालक हुन् । आगलागी नियन्त्रणका लागि दमकल लिएर गएका उनी घटनामा परी घाइते भएका थिए ।
उनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उपचारमा रहेका अरुणलाई भेट्न हामी ट्रमा सेन्टरमा पुग्दा आकस्मिक कक्षमा निकै भिडभाड थियो । अरुणलाई ट्रमा सेन्टरको आकस्मिक कक्षमा रहेको काउन्टर नजिकै राखिएको थियो । उनको शरीरको सबै भागमा पट्टी लगाईएको थियो । उनीसँग शैयामा उनका कान्छा भाई बसेका थिए । ५७ वर्षका बुबा औषधीको लागि मलिन अनुहार लगाउँदै दौैडिरेहका थिए ।
अरुणलाई भेट्न आफन्तको पनि घुइँचो थियो । आगोले शरीर अधिकांश भाग जलेका अरुण उपचारपछि आफूलाई केही राहत महशुस गरीरहेका थिए । उनको दायाँ—बायाँ दुबै हातमा ब्यान्ड्ेज गरिएको थियो । टाउको र शरीरको सबै भाग छोपिएको थियो । अरुणलाई चिकित्सकले पनि धेरै नबोल्न भनेका छन् । उनी आफै पनि बोल्न सक्ने अवस्थामो थिएनन् ।
केही प्रयासपछि उनले हामीसँग बोल्न खोजे । केही सेकेन्डमा केही शब्दमात्र निकाले ।
भने, ‘म आगलागी भएको स्थान भन्दा १० मिटर पर थिएँ । सिलिण्डर पड्केर मैले चलाइरहेको दमकलमै ठोक्निक आयो । ’
यतिमा उनी रोकिए । बोल्न सकेनन् ।
उनका ५७ वर्षका उनका बाबुले रातोपाटीसँग भने, ‘छोरासँगै दमकलमा गएका २ जनाको मृत्यू भएको छ । दुई जना वेपत्ता भए ।’
यसरी हुँदैछ उपचार
वीरगन्जबाट ल्याएका दुई जना मध्ये अरुणको अहिले ट्रमा सेन्टरमै उपचार भएको छ । अस्पतालका अनुसार आईसियूमा राख्नु पर्ने अवस्था छैन । उनलाई वनप्लाष्टिक वार्डमा राखेर उपचार गर्ने काम भईरहेको समाजिक इकाई शाखाका प्रमुख अर्जुन भेटवालले बताए ।
अरुणसँगै उपचारका लागि काठमाडौं ल्याइएको संजिव नेपाललाई भने आईसियूमा राख्नु पर्ने भएको कारण किर्तिपूर अस्पतालमा रिफर गरिएको छ।
याे पनि