सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सूर्यविनायक चोकमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु

बिहीबार, ०६ असोज २०७९, १२ : ३२
बिहीबार, ०६ असोज २०७९

भक्तपुरको सूर्यविनायक चोकमा आज बिहान बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका–१ की ७२ वर्षीया दिलमाया श्रेष्ठ रहेकी छिन् । 

बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा  इवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको हो । 

सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा १ प १५५१ नम्बरको पर्यटक बसले आज बिहान ८ बजे पैदल हिँडिरहेकी वृद्धालाई ठक्कर दिएको थियो । बस सहित चालकलाई प्रहरी वृत्त जगाती भक्तपुरले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप