आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले महासचिवको प्रश्न : विवाहलगत्तै नागरिकता दिने प्रचलन कहाँ छ ?

बिहीबार, ०६ असोज २०७९, १२ : ५७
बिहीबार, ०६ असोज २०७९

एमाले महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन राष्ट्र निर्माणको अभियान रोक्ने षडयन्त्रमा लागेको आरोप लगाएका छन् ।

बिहीबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेको विजय अभियान रोक्न गठबन्धनले अनेक प्रकारका षड्यन्त्र गरिरहेको बताए । ‘यतिवेला हाम्रो विजय अभियान रोक्न अनेक प्रकारका षड्यन्त्रहरु भएका छन् । एउटा षडयन्त्रका रुपमा  नागरिकताको विषयलाई हाम्रा पार्टीका विरुद्धमा प्रयोग गर्ने हतियारका रुपमा प्रयोग गर्न खोजिएको छ ।’, पोखरेलले नागरिकताका विषयमा एमाले स्पस्ट रहेको दाबी गरे ।

‘नागरिकताका सम्बन्धमा हाम्रो पार्टी सदैव स्पष्ट छ । नेपाली नागरिकहरुले नागरिकताको अधिकार पाउनुपर्छ । यो नेकपा एमालेको मान्यता हो’, उनले जन्म सिद्धका सन्तानलाई नागरिकता दिन आफ्नो नेतृत्वको सरकारले अध्यादेश ल्याएको दाबी गरे । 

उनले राष्ट्रपतिले नागरिकताको विषयलाई समयमै सम्बोधन गर्नुपर्छ भन्ने आशयलाई गठबन्धनले उपेक्षा गरेको भन्दै नागरिकतामा बैबाहिक अंगीकृतको विषय प्रमुख रहेको भन्दै आफ्ना चेलीहरूका बारेमा अरु देशमा के व्यवस्था छ भनेर गठबन्धनलाई प्रश्न गरे । 

‘विवाहको लगत्तै नागरिकता दिने प्रचलन दक्षिण एसियामा कहाँ छ ?’, पोखरेलको प्रश्न छ । छिमेकीहरूले गरेको प्रबन्धमा एमाले छलफल गर्न तयार रहेको र समान व्यवस्थाको कुरा गरिरहेको महासचिव पोखरेलको भनाइ छ । 

उनले पाँच दलीय गठबन्धन सम्पुर्ण रुपमा असफल भैसकेको दाबी समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप