बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

बिहीबार, ०६ पुस २०७४, ०६ : २२
बिहीबार, ०६ पुस २०७४

आजको राशिफल
बि.स.२०७४ पौष ०६ गते । बिहिबार । ईश्वी सन् २०१७ डिसेम्बर २१ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । पौष शुक्ल पक्ष । तिथि तृतिया,२६ घडी ४८ पला,बेलुका ५ बजेर ३५ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र उत्तरषाडा,२० घडी ०७ पला,दिउसो २ बजेर ५४ मिनेट उप्रान्त श्रवण । योग व्याघात ५६ घडि ५० पला । करण गर,बेलुकी ५ बजेर ३५  मिनेट उप्रान्त वणिज । 

आनन्दादिमा सौम्य योग । चन्द्रराशि मकर । पृथ्वीको उत्तरी गोलार्द्धमा वर्षभरिकै छोटो दिन तथा सर्वाधिक लामो रात्रि। काठमाडौंमा सूर्योदय ६ बजेर ५२ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर १२ मिनेट जादा । दिनमान २५ घडी ५० पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा लगानि गरि रोजगारिका अवसरहरु सिर्जना गर्न सकिने तथा आम्दानिका स्रोतहरु फराकिला बनाउँन सकिनेछ । नयाँ काम पाउँने तथा अनुकुल स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । पढाई लेखाईमा अन्य प्रतिष्पर्धिभन्दा अग्र स्थानमा तपाईको नाम आउँनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँने तथा पति पत्निबिच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) यात्रा गर्दा ध्यान दिनुहोला लामो दुरिको शैक्षिक यात्रा तथा धार्मिक यात्रा गर्दा बाटोमा बाधा अवरोधहरुको सामना गर्नु पर्ने हुँनसक्छ । स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महशुष हुँनेछ । धार्मिक स्थल तथा मन्दिर तिर गई दर्शन गर्न सकिनेछ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रने सम्भावना रहेकोछ । सार्वजनिक काम गर्दा ध्यान दिनुहोला काम बग्रने तथा जरिवार तिर्नु पर्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शुभचिन्तक तथा आफन्तको सुझाबलाई मनन गरि काम गर्दा गन्तब्य पहिल्याउँन सहज हुँनेछ । साझेदारहरु मिलेर गरिने कुनैपनि व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ । भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग मार्फत भनजस्तो आम्दानि गर्न सकिनेछ । माया प्रेममा एक अर्काबिच नजिक हुँने समय रहेकोछ भने जीवन साथिको सहयोगले राम्रा कामहरु गर्न सकिनेछ । पढाई लेखाई प्रगति पथमा लगाडि बढ्ने हुँदा मन प्रशन्न रहनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अघिपछि तपाईका कुरा काट्नेहरु तपाईको प्रशंसा गर्दै जानेछन् । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई हराउँदै निर्यायक तहमा पुगिनेछ । न्यायिक निर्णयहरु तपाईको पक्षमा आउँने हुँनाले मन प्रसन्न हुँनेछ । पुराना स्वास्थ्य सम्बन्धि समस्या भए समाधान भएर जानेछ । ऋण तथा संकटबाट छुटकारा पाउँने समय रहेकोछ । व्यापार व्यावसायमा सुधार भई प्रशस्त आम्दानि हुँनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाई लेखाई बिग्रने तथा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसायबाट भनेजस्तो आम्दानि नहुँदा आर्थिक सन्तुलन बिग्रने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले बाध्यता बस टाडा हुँनु पर्नेछ । आफन्त तथा सन्तानले तपाईको काममा सहयोग नगर्ने तथा भनेको नमान्दा महत्वपुर्ण अवसरहरु गुम्न सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँने योग रहेकोछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) सवारि साधन तथा घर जग्गामा गरिएको लगानि फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यावसायबाट भने सन्तोष जनक आम्दानि हुँनेछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना बढि सुन्नु पर्नेछ । आमासँग मनमुटाब बड्नेछ । बिद्यामा मेहनेत नगरे अरुभन्दा पछि परिनेछ भने छाति सम्बन्धि सामान्य समस्याले सताउँनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) दाजुभाई तथा छिमेकिसँग मिलेर गरिने पेशा व्यावसाय फस्टाएर जानेछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् भने बिवादलाई हल गर्दै अगाडि बढ्न सकिनेछ । व्यावसायिक यात्राको तयारि गर्न सकिनेछ भने यात्रा उलिब्धिमुलक नै रहनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहेकोछ । शाहसिलो काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बोल्दा वा कुनै निर्णय गर्दा ध्यान दिनुहोला आफ्नो बोलिले आफैलाई घाटा लाग्न सक्छ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा मन मुटाब सिर्जना हुनेछ । व्यापारमा प्रशस्त समय खर्चिए मात्र भनेजस्तो आम्दानि हुनेछ । नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) परिवार तथा आफन्तजनमा आत्मियताको भाव बढ्नेछ भने माया प्रेममा नजिक हुँने समय रहेकोछ । व्यापार बिस्तार गरि भनेजस्तो लाभ लिन सकिने तथा बिभिन्न क्षेत्रमा लगानि गरि आम्दानिका स्रोतहरु बिस्तार गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुँनाले अन्य प्रतिष्पर्धिहरुलाई टप्न सकिनेछ भने सबैको धन्यवादको पात्र हुँदा मन प्रशन्न रहनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट सेवा सुबिधा प्राप्त गर्न सक्नेछन् ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) न्यून पारिश्रमिकमा दिनभर काममा व्यास्त हुँनुपर्दा मन खिन्न हुँनेछ । आर्थिक अभावले महत्वपुर्ण कामहरु थाति हुँनेछन् । लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशि भुमिमा बसेर श्रम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउँन सक्नेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्ने तथा औषधि उपचार खर्च बढेर जानेछ । अन्यकाममा सहभागि हुँदा पढाई लेखाई भने थाति रहनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच बिश्वासको बाताबरण बढेर जानेछ । नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुँने हुँदा पढाई लेखाईमा मन जानेछ । बिभिन्न अवसरहरुले पछ्याउँने हुँदा राम्रा परिणाममुखि काम गर्न सकिनेछ । सरकारि सम्पति तथा पृत्रिक सम्पति हात लागि हुँने प्रसस्त सम्भावना रहेको छ ।

तपाईको दिन शुभ रहोस् । 
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप