गोरखामा ट्रयाक्टर भिरबाट खस्दा चालकको मृत्यु
शुक्रबार, ०७ असोज २०७९, १० : २४
गोरखाको अजिरकोट गाउँपालिका–२ वालाङमा गएराती ट्रयाक्टर अनियन्त्रित भइ भिरमा खस्दा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिरान्चोक–४ छोप्राकका २७ वर्षीय बिक्रम श्रेष्ठ रहेका छन् ।
गएराती साढे ११ बजे ग १ त ४५७४ नम्बरको सिमेन्ट लोड भएको ट्रयाक्टर अनियन्त्रित भइ दुर्घटना भएको प्रहरी चौकी भच्चेकले जनाएको छ ।