नवयुगको आक्रोश : विदेशी हुँदा भित्र, स्वदेशी हुँदा बाहिर ?
शुक्रबार, ०७ असोज २०७९, १२ : ०३
नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान नवयुग श्रेष्ठले आफूलाई चलखेल गरेर टिम बाहिर राखेको भन्दै आलोचना गरेका छन् । विदेशी प्रशिक्षक हुँदा टिममा पर्ने भएपनि नेपाली प्रशिक्षक हुँदा आफू टिममा नपर्ने गरेको बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा चलखेल हुँदा आफू स्वदेशी प्रशिक्षक भएको समयमा टिममा नपर्ने बताए । ‘रोगको लक्षण : विदेशी हुँदा भित्र, स्वदेशी हुँदा बाहिर,’ उनले लेखेका छन्, ‘रोगको लक्षण : चलखेल ।’
पछिल्लो समय नेपाली टोलीका कार्यबाहक प्रशिक्षक प्रदीप हुमागाईले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि टिम तयार पारेका छन् । उक्त टिममा चार वटा गोलरक्षक समेटिए पनि नवयुग टिममा परेका छैनन् ।