आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गगन थापाद्वारा काठमाडौं ४  मा निःशुल्क डेंगु परीक्षण शिविर सञ्चालन

शुक्रबार, ०७ असोज २०७९, २० : ५५
शुक्रबार, ०७ असोज २०७९

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं- ४ नियमित निःशुल्क डेंगु परीक्षण शिविर सञ्चालन गरेका छन् । प्रतिनिधिसभाका निवर्तमान सांसद थापाको अगुवाइमा महानगरपालिका वडा नं ३० मा रहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा डेंगुको परीक्षण गर्न आउनेलाई निःशुल्क सेवा दिँदै आइरहेको छ । 

यो सेवालाई  बुढानिलकण्ठ नगरपालिकाका ८ वटा वडामा पनि विस्तार गर्ने क्रममा निःशुल्क परीक्षण शिविर नै राख्ने तयारी भएको थापाले बताए  । नेता थापाले शुक्रवार साँझ एक भिडियो सार्वजनिक गर्दै टोलटोलमा निःशुल्क सेवा पुर्‍याउने साथै डेंगु भएर बसेकालाई निःशुल्क परामर्श दिने बताए  । टोलटोलमा निःशुल्क डेंगु परीक्षणको सुरुवात चाबहिलबाट गरिने थापाको भनाइ छ । शनिवार चाबहिल गणेशस्थानमा बिहान ९ बजेबाट परीक्षण सुरु हुनेछ । 

बुढानिलकण्ठमा सहरी स्वास्थ्य प्रवर्धन केन्द्र रहेपनि सञ्चालनमा नआइसकेको हुँदा निजी क्षेत्रमा शिविरहरु सञ्चालन गर्न लागिएको थापाले बताए । हरेक वडामा पालैपिच्छे शिविर सञ्चालन गरेर क्षेत्रवासीको दैलोमै सेवा उपलब्ध गराउन प्रयासस्वरूप यो कार्यक्रम ल्याइएको थापाको सचिवालयले जनाएको छ । डेंगुको निःशुल्क परीक्षण सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको अवधारणाअन्तर्गतको कार्यक्रम हो । थापाको संसद् सचिवालयले कोरोनामा पनि यसैगरी सक्रियरूपमा निःशुल्क शिविरहरु राखेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप