सत्यमोहन जोशीलाई डेंगु संक्रमण, किस्ट अस्पतालमा उपचार हुँदै
शुक्रबार, ०७ असोज २०७९, २१ : ५९
डेंगु संक्रमण भएपछि शताब्दी पुरुष सत्यमोहन जोशीलाई किस्ट अस्पतालमा भर्ना गरिएको छ । केही दिनदेखि निरन्तर कमजोर महसुस हुने, खानामा अरुचि हुने जस्ता समस्या देखिएपछि उनलाई शुक्रबार किस्ट अस्पतालमा भर्ना गरिएको हो ।
अस्पतालका अनुसार चिकित्सकहरूले स्वास्थ्य जाँच गर्दा डेंगु संक्रमण पुष्टि भएको छ । उनको अस्पतालमा चिकित्सकहरूको निरन्तर निगरानीमा उपचार भइरहेको छ । जोशीलाई मेडिसिन, पल्मोनोलोजी, युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजीका चिकित्सकले संयुक्त रुपमा जाँच गरेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार उनलाई हाल डिलक्स क्याबिनमा सुक्ष्म निगरानीमा राखिएको छ ।