सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कैलालीमा बाढी, फसेका २८ जनाको उद्धार

आइतबार, ०९ असोज २०७९, १९ : ५५
आइतबार, ०९ असोज २०७९

अविरल वर्षापछि कैलालीको मोहना र खुटिया नदीमा बाढी आउँदा फसेका २८ जनाको उद्धार गरिएको छ । धनगढी उपमहानगरपालिका–१८, नुक्लीपुरस्थित मोहना र खुटिया नदीको दोभानमा आइतबार साँझ करिब ६ बजे अचानक बाढी आउँदा उनीहरु फसेका हुन् ।

धनगढी उपमहानगरपालिका १८ का वडाध्यक्ष भुवन रिजालका अनुसार फूलबारी डिपो बजारभन्दा २ किलोमिटर पश्चिममा पर्ने सो दोभान क्षेत्रमा फसेका उनीहरुलाई उद्धारको प्रयास भइरहेको छ । उनका अनुसार पहिलो लटमा १५ र दोस्रो लटमा १३ गरी २८ जनाको उद्धार गरिएको हो । 

उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली परिचालन भएको उनले जानकारी दिए । नदी पारी गाईबस्तु चराउन गएका तथा भारत गएकाहरु फर्किने क्रममा नदीमा फसेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप