जमरा राख्ने बालुवा खोज्दै बागमतीमा (फोटोफिचर)
सोमबार, १० असोज २०७९, ०८ : ४१
घटस्थापनाको बिहानै आज बागमती किनारमा बालुवा खोजिरहेका मानिसहरूको भीड देखिएको छ । जमरा राख्नको लागि आज बिहानै काठमाडौँका सर्वसाधारण पशुपतिस्थित गुह्वेश्वरी मन्दिरको प्रांगणमा रहेको बागमती नदीको किनारमा बालुवा लिन पुगेका थिए।
पशुपतिनाथ मन्दिर वरपर बागमतीको पवित्र जलद्वारा सिञ्चित बालुवामा जमरा राख्ने चलन पनि काठमाडौँमा मौलाउँदै जान थालेको छ ।
जमरा राख्न लागि खोलामा बालुवा खोज्नेहरूको भीड निकै रोचक देखिन्थ्यो । घटस्थापनाको बिहानै बागमती किनारमा बाल्टी लिएर बालुवा खोजिरहेका मानिसहरूको भीड देखियो । उनीहरूले घटस्थापनाका दिन बालुवा लिनका लागि आएको बताए ।