ट्युनिसियाविरुद्ध ब्राजिलको सानदार जित
बुधबार, १२ असोज २०७९, ०८ : १७
ट्युनिसियालाई ५–१ ले हराउँदै ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ ।
बुधबार बिहान भएको खेलमा ब्राजिलको जितमा राफिन्हाले दुई गोल गरे । यस्तै, रिचार्लीसन, नेयमार र पेड्रोले समान एक एक गोल गरे । ट्युनिसियाका मोन्टासर तल्वीले एक गोल फर्काए ।
कतार फिफा विश्वकप २०२२ को तयारी लागि ब्राजिलले मैत्रीपुर्ण खेल खेलेको हो ।