मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ, सुजुकी टु ह्वीलर्सको मनसुन म्याजिक अफर

बुधबार, १४ असार २०७४, १९ : २९
बुधबार, १४ असार २०७४

काठमाडौं – भि.जी. अटोमोबाइल्स, नेपालको लागि सुजुकी टु ह्वीलर्सको अधिकृत वितरकले सिमीत अवधिका लागि “सुजुकी मनसुन म्याजिक”अफर संचालन गरेको छ ।

अफर अन्तर्गत देशभर रहेका सुजुकी टु ह्वीलरका शो रुमहरुबाट कुनै पनि मोडलको सुजुकी टु ह्वीलर्स खरीद गर्ने ग्राहकले धेरै भन्दा धेरै फाइदा लिन सक्ने बताइएको छ । प्रत्येक खरीदमा ग्राहकले उनीहरुले खरीद गरेको बाइकको सम्पूर्ण बीमा सुविधा एकसाथ प्राप्त गर्नेछन् । यसका साथै ५ वर्षको वारेन्टी  एवं २ वर्षको सडक कर भुक्तानी सुविधा पनि ग्राहकहरुलाई प्रदान जनाएको छ । 


यसका अतिरिक्त हरेक टु ह्वीलरको खरीदमा ग्यारेन्टी सहितको नगद छुटको व्यवस्था पनि गरिएको छ । ‘हामी सदैव ग्राहकहरुकोे चाहनालाई कदर गर्दछौं र वहाँहरुउचित सम्मानका खातिर समय समयमा यस्तै प्रकारका आकर्षक योजनाहरु पेश गर्ने गरेका छौं ।

हामी विश्वस्त छौं कि विश्वस्तरीय टु ह्वीलरको सवारबाट हाम्रा ग्राहकहरु अत्याधिक लाभान्वीत हुँदै आउनु भएको छ, जुन चुक्ता मुल्यको उचित सदुपयोग हो ।” भिजि अटोमोबाइल्सका प्रमुख कार्यकारी अधिकृत श्री चिरञ्जीवी शाहले भने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप