आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमालेको सचिवालय बैठक आज, यस्ता छन् छलफलका एजेन्डा

बिहीबार, १३ असोज २०७९, १२ : ०२
बिहीबार, १३ असोज २०७९

नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ ।  दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्ने  बैठकमा निर्वाचनको तयारी र उम्मेदवार चयनका विषयमा छलफल हुने बताइएको छ ।  

यही असोज २३ गते प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले सोही विषयमा छलफल हुने नेताहरू बताउँछन् । साथै निर्वाचन आयोगमा पेस गरिएको समानुपातिक सूचीबारे पनि बैठकमा समीक्षा हुने बताइएको छ । 

एमालेमा प्रत्यक्ष तर्फका उमेदवारका लागि तल्ला कमिटीले सिफारिस गरिसकेका छन् । यसअघि बसेको केन्द्रीय कमिटी बैठकले उम्मेदवार छान्ने जिम्मेवारी सचिवालयलाई दिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप