नवरात्रका दुर्गा मूर्तिहरू
बिहीबार, १३ असोज २०७९, १३ : ०३
नवरात्रका लागि दुर्गा मूर्तिहरूलाई अन्तिम रूप दिन थालिएको छ । कोरोनाका कारण झण्डै ३ वर्ष रोकिएको नवरात्र यो वर्ष धूमधामसँग मनाउने तयारी गरिएको छ ।
“मूर्तिको अर्डर यो वर्ष बढेको छ । यो साल १० सेट मूर्तिको अर्डर आएको छ,” मूर्तिकार बिकाऊ पण्डितले भने । एकसेट दुर्गा मूर्तिमा विभिन्न १० देवीदेवताको मूर्ति हुने गर्छ । सबैभन्दा सानो सेट दुर्गा मूर्तिको मूल्य २ लाखबाट सुरु हुन्छ भने एक सेट तयार पार्न १५ देखि २० दिन लाग्छ ।