गंगालाल हृदयरोग केन्द्रमा एक वर्षमा १३ सय ७७ जनाको मुटुको शल्यक्रिया
बिहीबार, १३ असोज २०७९, १६ : ३८
शहीद गंगालाल हृदयरोग केन्द्रमा एक वर्षको अवधिमा १३ भन्दा बढीको मुटुका शल्यक्रिया भएको छ । बिहीबार अस्पतालमा आयोजित कार्यक्रममा कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले १ हजार ३ सय ७७ जनाको मुटुको शल्यक्रिया गरिएको जानकारी दिए ।
यस्तै, शल्यक्रिया नगरिकनै ४ वटा मुटुका भल्भ प्रत्यारोपण गरिएको डा. अधिकारीले बताए । यस्तै, अस्पतालमा कोरनरी एन्जियोग्राम ४ हजार ६०७ जनाले गराएका छन् भने कोरनरी एन्जीओप्लाष्टी २ हजार ३३ जनाले गराएको छन् ।
डा. अधिकारीका अनुसार आईभीयुएस २३, पिटीएमसी २ सय ४२, इपिएसरआरएफए २६५, एएसडी डिभाइस क्लोजर २५१, पिडिए डिभाइस क्लोजर १०२, भिएसडी डिभाइस क्लोजर २३ र पेशमेकर ५२५ प्रत्यारोपण गरिएको छ । यस्तै, इलेक्ट्रोकार्डियोग्राम ८७ हजार ६ सय ४७ र इकोकार्डियोग्राम ५१ हजार ८ सय ३६ जनाले गराएका छन् ।