तयार भयो महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, १४ असोज २०७९, १६ : १७
महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय उद्घाटन गरिएको छ। महाकवि देवकोटाको घरलाई पुनः निर्माण गरी संग्रहालय निर्माण गरिएको हो । करिब सात करोड लगानीमा निर्माण भएको उक्त तीन तले संग्रहालयमा देवकोटासँग सम्बन्धित सामाग्री तथा विषयहरु रहेका छन् ।
१२ आना १ दाम क्षेत्रफलमा फैलिएको भवनलाई संग्रहालयको रुपमा सर्वसाधारणलाई खुला राख्ने नेपाल प्रज्ञा प्रतिष्ठानले जनाएको छ।