भारतमा फाइभजी मोबाइल सेवाको औपचारिक उद्घाटन
प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार देशमा फाइभजी मोबाइल सेवाको औपचारिक उद्घाटन गरेका छन् । प्रधानमन्त्री मोदीले फाइभजीको सुरुवात गरेपछि शनिबारदेखि नै देशका आठ सहरमा फाइभजी सेवा सुरु भएको छ ।
आगामी वर्षसम्म यो सेवा देशभर विस्तार गर्ने योजना छ । दिल्लीमा आयोजित ‘इन्डिया मोबाइल कांग्रेस २०२२’ नामक कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले यो सेवा सुरु गरेका हुन् । यससँगै फाइभजी सेवाले देशमा अति उच्च गतिको इन्टरनेटको बाटो खोल्नेछ ।
औपचारिक उद्घाटनपछि एयरटेलका अध्यक्ष सुनिल मित्तलले आफ्नो कम्पनीले फाइभजी सेवा सुरु भएको घोषणा गरेका थिए । शनिबार (अक्टोबर १) देखि आठ सहरमा फाइभजी सेवा सुरु भएको मित्तलले जानकारी दिए ।
फाइभजी सेवा सुरु हुने आठ सहरहरूमा दिल्ली, मुम्बई, बेंगलुरु, वाराणसी समावेश छन्। कम्पनीका अधिकारीहरूका अनुसार एयरटेलले मार्च २०२४ सम्ममा देशको हरेक कुनामा फाइभजी सेवा पुर्याउने छ ।
–बीबीसी हिन्दी