सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गंगा सत्गौवा थारूले त्यागिन् एमाले, स्वतन्त्र उम्मेदवारीको घोषणा

शुक्रबार, २१ असोज २०७९, १३ : ०९
शुक्रबार, २१ असोज २०७९

करिब दुइ साता पहिले गंगा सत्गौवा थारूले शान्ता चौधरीसँगको संयुक्त तस्विर सार्वजनिक गर्दै क्याप्सनमा लेखेकी थिइन्, ‘दाङ क्षेत्र नं १ बाट आगामी संघीय चुनावमा हामीमध्ये जसले टिकट पाए पनि एक अर्कालाई सघाउने निर्णय गरियो ।’

तर विहीबार फेसबुकमा एक स्टाटस लेख्दै गंगा सत्गौवा थारूले टिकट नपाएपछि दाङ क्षेत्र नं १ बाटै स्वतन्त्र चुनाव लड्ने घोषणा गरेकी छन् ।

उनले भनेकी छिन्, ‘आज मैले ठीक निर्णय गरे या बेठीक, मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहनेछु । जनता भगवान हुन् जनता नै सर्वोपरि हुन् । देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउँदैछु । हजुरहरुको साथ चाहिएको छ ।’

यसअघि थरूहट तराई पार्टी नेपाल तथा एमालेबाट गरी गंगा सत्गौवा दुइ पटक समानुपातिक सांसद भएकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप