नेपाली सेनाद्वारा मनास्लु क्षेत्रमा फसेका ८ जनाको उद्धार
शुक्रबार, २१ असोज २०७९, १९ : ३५
विगत केही दिनदेखिको अविरल वर्षाका कारण गोरखा जिल्लास्थित मनास्लु इलाकाको न्याक गाउँमा आएको पहिरोले असोज २० गतेदेखि फसेका दुई जना इजरायली नागरिकहरू र छ जना नेपालीको उद्धार गरिएको छ ।
ओरी ओरअफ र यरीभ बोर्टसहित छ जना नेपाली नागरिकहरू तेम्बा गोथे, हुतेन लामा भोटे, पासाङ भोटे, पासाङ तामाङ, जनकराम राई र मिम्बा छिरिङ शेर्पालाई नेपाली सेनाको उद्धार टोलीले शुक्रबार हेलिकप्टरद्वारा उद्धार गरी काठमाडौँ ल्याएको हो । उद्धार गरिएका आठै जनाको अवस्था हाल सामान्य रहेको नेपाली सेनाले जानकारी दिएको छ ।