सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीमा भागबण्डा : प्रतिनिधिसभामा माओवादी र प्रदेशसभामा कांग्रेसलाई बढी सिट, यस्तो छ सूची

शनिबार, २२ असोज २०७९, ११ : ३३
शनिबार, २२ असोज २०७९

सत्तारुढ गठबन्धनले आगामी मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभाका लागि भागबण्डा टुङ्ग्याएको छ । जस अन्तर्गत कर्णालीमा प्रतिनिधिसभातर्फ माओवादीले बढी सिट पाएको छ भने प्रदेश सभातर्फ कांग्रेसले बढी पाएको छ ।

प्रतिनिधिसभातर्फ जम्मा १२ सिटमध्ये गठबन्धनबाट माओवादीले ५ सिट प्राप्त गरेको छ भने कांग्रेसले ४ र एकीकृत समाजवादीले ३ वटा सिट पाएको छ । यद्यपि कांग्रेसले भने गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मानेर बढी सिट आफूले पाउनुपर्ने माग राखेको थियो ।

प्रदेशसभामा गठबन्धनका तर्फबाट कांग्रेसले बढी सिट प्राप्त गरेको छ । प्रदेशसभाका जम्मा २४ सिटमध्ये कांग्रेसले १२ सिट पाउँदा माओवादी ९ सिटमा सीमित बन्यो । यस्तै नेकपा एकीकृत समाजवादीले २ सिट प्राप्त गरेको छ ।

रुकुम पश्चिमको (ख) मा भने कांग्रेस र माओवादी दुबै दलको नाम उल्लेख गरिएको छ । माओवादी केन्द्रका नेताहरुले भने कर्णालीमा माओवादी नेतृत्वको सरकार बन्ने गरी भागबण्डा हुनुपर्ने बताउँदै आएका थिए । यसअघि माओवादीले २४ मध्ये १३ सिटमा दाबी गरेको थियो ।

यस्तो छ कर्णालीमा सत्तारुढ दलहरु बीचको सिट भागवण्डा


प्रतिनिधिसभातर्फ जम्मा : १२ सिट
कांग्रेस : ४
माओवादी : ५
नेकपा एकीकृत समाजवादी : ३

प्रदेशसभातर्फ जम्मा २४ सिट
कांग्रेस : १२
माओवादी : ९
नेकपा एकीकृत समाजवादी : २
नोट : रुकुम पश्चिम (ख) मा कांग्रेस÷माओवादी दुवै उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप