सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रामोसलाई रातो कार्ड, पिएसजी रोकियो

आइतबार, २३ असोज २०७९, ०७ : ४०
आइतबार, २३ असोज २०७९

रक्षक सर्जिओ रामोसले रातो कार्ड सामना गरेको खेलमा पेरिस सेन्ड जर्मेन (पिएसजी) गोलरहित बराबरीमा रोकिएको छ । स्टार स्ट्राइकर लियोनल मेसी बिना मैदान उत्रिएको पिएसजी शनिबार राति फ्रेन्च लिग वानमा रेइम्ससँग अंक बाढ्न बाध्य भयो ।

अर्का स्टार नेयमार समेत बेन्चमा रहेको स्थितिमा पिएसजीको अग्रपंक्ति केलियम एम्बाप्पेले सम्हालेको थिए । उनी समेत गोलबिहीन रहे । नेयमार खेलको ५७ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

खेलको ४१ औं मिनेटमा रक्षक रामोसले दोहोरो पहेँलो कार्डको सामना गरेपछि  पिएसजी पहिलो हाफमै १० खेलाडीमा सिमित भएको थियो । बराबरीसँगै १० खेलबाट २६ अंक जोडेको पिएसजी शीर्ष स्थानमा छ । समान खेलबाट ८ अंक जोडेको रेइम्स  १४ औं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप