सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौं-२ मा माओवादीबाट ओनसरी घर्तीलाई टिकट

आइतबार, २३ असोज २०७९, ०९ : ३९
आइतबार, २३ असोज २०७९

माओवादी केन्द्रले काठमाडौं क्षेत्र नंबर २ मा ओनसरी घर्तीलाई टिकट दिएको छ । सत्ता गठबन्धनले गरेको भागबण्डामा माओवादी केन्द्रको भागमा काठमाडौं-२ परेपछि अन्तिम समयमा आएर घर्तीलाई टिकट दिएको हो ।  यसअघि माओवादीका स्थानीय नेता कृष्णराज सुवेदीलाई टिकट दिने चर्चा चलेपनि उनले पाउन सकेनन् । 

सो निर्वाचन क्षेत्रबाट अघिल्लो प्रतिनिधि सभाको चुनावमा माधव नेपाल विजयी भएका थिए । त्यसअघि २०७० को निर्वाचनमा पनि माधव नेपाल विजयी भएका थिए तर उनी रौतहटबाट पनि विजयी भएकोले सो क्षेत्र छोडेका थिए । त्यसपछि भएको उपनिर्वाचनमा काँग्रेसका दीपक कुइँकेलले चुनाव जितेका थिए । 

२०६४ सालमा भएको संविधान सभाको पहिलो निर्वाचनमा भने माओवादीका झक्कुप्रसाद सुवेदीले माधव नेपाललाई पराजित गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप