सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यादव र महतो फेरि आमनेसामने

आइतबार, २३ असोज २०७९, ०९ : ५९
आइतबार, २३ असोज २०७९

मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि देशैभरिका उम्मेदवारहरूले आज मनोनयन दर्ता गर्दैछन् । 

यसपालि मधेसको राजनीति भने रोचक बन्दै गएको छ । एमालेको गठबन्धन छाडेर पाँच दलीय गठबन्धनमा लोसपाको प्रवेश र पाँच दलीय गठबन्धनबाट बाहिरिएर एमालेसँग जसपाले सहकार्य गरेसँगै मधेसको राजनीतिक वृत झनै रोचक बनेको हो । 

सर्लाही क्षेत्र २ मा भने सत्ता गठबन्धनकै दुई दलबीच प्रतिस्पर्धा हुने भएको छ । तत्कालीन राजपाको अध्यक्ष मण्डलसँग–सँगै चलाएका नेपाल समाजवादीका तर्फबाट निवर्तमान संसद् महेन्द्र राय यादव तथा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो पुनः एकपटक आमनेसामने भएका छन् । सत्ता गठबन्धनमा सँगै रहेका नेपाल समाजवादी पार्टी (नेसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीचका दुबै उम्मेदवार सर्लाहीको क्षेत्र नम्बर २ मा प्रतिस्पर्धा गर्ने भएका हुन् । प्रतिस्पर्धामा उत्रिएका दुवै दलले मित्रवत प्रतिस्पर्धा गर्नका लागि आज मनोनयन दर्ता गराउँदै छन् । 

नेता यादव यस क्षेत्रका निवर्तमान सांसद हुन् भने महतो यस क्षेत्रमा दोस्रो पटक निर्वाचन लड्दैछन् । तर दुवैले आफ्नो पकडको क्षेत्र रहेको दाबी गर्दै क्षेत्र छाड्न चाहेनन् । उनीहरू दुवै आपसमा प्रतिस्पर्धा गर्न तयार भएका हुन् ।

०७० सालको निर्वाचनमा पनि यी दुवै नेता सोही क्षेत्रबाट उम्मेदवार बनेका थिए । तर‚ त्यसबेला यादवले महतोलाई पराजित गर्दै निर्वाचित भएका थिए । 

०७४ को चुनावमा भने महतोले धनुषाबाट चुनाव लडे । यस पटकको चुनावमा यी दुवै नेता फेरि आमनेसामने भएका हुन् । एकै क्षेत्रबाट निर्वाचनमा होमिएका दुवै नेता निकट कार्यकर्ताहरूको आफूहरूले नै जित्ने दाबी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप