सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यी हुन् काठमाडौं उपत्यकाका ३ जिल्लामा उम्मेदवारी दर्ता हुने स्थानहरु

आइतबार, २३ असोज २०७९, १० : २३
आइतबार, २३ असोज २०७९

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा चुनावका लागि आज प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुँदैछ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म आवश्यक कागजातसहित मनोनयन दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । 

काठमाडौं निर्वाचन क्षेत्र नंबर १ लागि अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा निर्वाचन अधिकृतको कार्यालय राखिएको छ । 

यस्तै क्षेत्र नंबर २ का लागि कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालयमा, क्षेत्र नंबर ३ का लागि गोकर्णेश्वर नगरपालिकाको कार्यालय, क्षेत्र नंबर ४ का लागि बुढानिलकण्ठ नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
 
काठमाडौं क्षेत्र नंबर ५ का लागि टोखा नगरपालिकाको कार्यालय, क्षेत्र नंबर ६ का लागि तारकेश्वर नगरपालिकाको कार्यालय। क्षेत्र नंबर ७ का लागि नेपाल गुणस्तर तथा नापतौल विभाग बालाजु, क्षेत्र नंबर ८ का लागि शिक्षा विकास तथा समन्वय इकाई ताहाचल, क्षेत्र नंबर ९ का लागि नागार्जुन नगरपालिकाको कार्यालय वडा नंबर १० मा पर्ने तारकेश्वर यूवा क्लबको भवनमा र क्षेत्र नंबर १० का लागि कीर्तिपुर नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । यी  कार्यालयमा गएर उम्मेदवारी दर्ता गर्न सकिनेछ । 

यस्तै ललितपुरका ३ क्षेत्र अन्तर्गत क्षेत्र नंबर १ को लागि गोदावरी नगरपालिकाको कार्यालय, क्षेत्र नंबर २ को लागि सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा र क्षेत्र नंबर ३ का लागि सहकारी विकास बोर्डको कार्यालय जावलाखेलमा रहेको निर्वाचन अधिकृतको कार्यालयबाट मनोनयन दर्ता गर्न सकिनेछ । 

उता भक्तपुरमा क्षेत्र नंबर १ का लागि उम्मेदवारी दर्ताका लागि दरबार स्क्वायरमा रहेको भक्तपुर नगरपालिकाको कार्यालय अन्तर्गत जन ज्योती पुस्तकालयको हलमा निर्वाचन अधिकृतको कार्यालय राखिएको छ । यस्तै भक्तपुर क्षेत्र नंबर २ का लागि ठिमीको बोडेमा रहेको कृषि विकास तालिम केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय रहेको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप