मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मर्दैनन् खुशीहरू

आइतबार, २३ असोज २०७९, १० : २५
आइतबार, २३ असोज २०७९


जोगाउनु छ खुशीहरू
दीपजस्तै हत्केलाले छोपेर 
लुकाउनु छ आँशु नयनमा 
विरहजस्तै दवाएर
खोस्न खोज्छन्
खुशीहरू यहाँ
शेषनाथले जस्तै
शुभ प्रभातमा
कलिला पातहरूमा
शीत नओभाउँदै
हिमालमा हिउँ नपग्लदै
कोइलीले गीत नगाउँदै
युगौ देखिको
दास्ता स्वीकारेका
ए ! मनुवाहरू
अब व्यूँझ, उठ ! जाग
जोगाउन खुशीहरू
घर, समाज, राष्ट्रकोे
यी अजम्बरी छन् सदा सदा
कसैले मार्दैमा मर्दैनन् खुशीहरू ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप